यश कुमार परियार–चैत्र १४,
२०७६,काभ्रे/

विद्यालयलाई क्वारेनटाईनको रुपमा प्रयोग गरीएको भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले यस प्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकमा कोरोना भाईरसको जोखिम बढेसँगै रोकथामका लागि र संभावित संक्रमितलाई राख्न भन्दै धमाधम विद्यालयहरुलाई क्वारेनटाईन बनाएको प्रती ध्यानाकर्षण भएको संघका महासचिव गुणराज मुक्तानले बताए ।
देश र समुदायमा आईपर्ने विपद र संकटको समयमा विद्यालयलाई प्रयोग गरिदै आएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको र बालबालिकालाई भय र त्रास मुक्त वातावरणमा शिक्षा दिने सरकारले प्रतिवद्धता व्यक्त गरेको सन्दर्भमा विद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्दा विद्यालयमा भय र त्रासको वातावरण सिर्जना भएको विज्ञप्तीमा उल्लेख छ ।
आफु पढ्ने विद्यालयमा संक्रमित व्यक्ति बस्दा र कुनै विरामीको मृत्यु भएमा उक्त विद्यालयमा जान बालबालिकाहरुलाई डर र त्रास हुने भएकाले विद्यालयबाट तत्काल क्वारेन्टाईन हटाई अन्य सार्वजनिक भवन तथा स्थलहरुमा नै क्वारेन्टाईनको व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ ।

Facebook Comments