रोशी सहकर्मी–चैत्र १४,
२०७६,सिन्धुली/

कोभिड–१९ का शंकास्पद विरामीहरुलाई राखेर उपचार गर्न सिन्धुली जिल्लाभर ७८ बेडको क्वारेन्टाईन, २० बेडको आईसोलेसन बेड निर्माण गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले आज प्रेस नोट निकाल्दै सिन्धुलीका सबै स्थानिय तहहरुले र जिल्ला अस्पतालले गरी ७८ बेडको क्वारेन्टाईन, १६ बेडको आईसोलेसन बेड निर्माण भएको जानकारी दिनुभएको हो । कोरोनाको माहामारी रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारीमा जुटेका स्थानिय सरकारहरुले क्योरन्टाईन र आईसोलेसन वार्ड बनाउन जोड दिएका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको भूसंरक्षण कार्यालयको भवनमा ३९ बेडको क्यारेन्टाईन स्थल निर्माण गरिएको छ । कमलामाई नगरपालिका, नेपाली सेनाको बद्र्धबहादुर गण, सिन्धुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीको सक्रियतामा उक्त क्यारेन्टाईन निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले ३९ वटा शय्याको क्वरेन्टीन निर्माण भए पनि आवश्यकता अनुसार अरु १० वटा बेड थप्न आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको छ ।

Facebook Comments Box