२०७६–चैत्र १५,
चरिकोट/

दोलखाको कालिञ्चोक गाउँपालिकामा शिकार खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर¬ ६ लापिलाङको सामुदायिक वनमा मृगको शिकार खेल्ने क्रममा भरुवा बन्दुक पडकिएर कालिञ्चोक ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामीको मृत्युु भएको हो ।
बिहीवार कडेन हरियाली सामुदायिक वन अन्तर्गत छिरुवा खोला पुछारमा मृगको शिकार खेल्न भरुवा बन्दुक सहित साथीहरुसँग पुगेको थामीको तिघ्रामा छर्रा लागेर घाइते भएको र उपचारको लागि अस्पताल ल्याउदै गर्दा मृत्युु भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
सुरुमा जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याउदै गर्दा मृत्यु भएको भनिए पनि मृतकको लाशको अवस्था र घटना प्रकृति शंकास्पद देखिएपछि अनुसन्धानका गर्दा भरुवा बन्दुकको लागेर मृत्यु भएको पुष्टि भएको थियो ।
शिवको मृत्यु भएपछि उनिसंगै गएका कालिञ्चोक गाउँपालिका वडानम्बर९९ सुन्द्रावतीका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकविर थामी, ४५ वर्षीय वावुराम थामी र ३० वर्षीय बावु थामीलाई नियन्त्रणमा लिएको प्रबक्ता बोहराले बताउनुभयो ।
उहाँका अनुसार भरुवा बन्दुक पडकिएर घटना भएका खुल्न आए पश्चात खोजतलासका क्रममा घटनामा प्रयोग भएको तीन नाल भरुवा बन्दुक सहित उक्त बन्दुकमा प्रयोग हुने र्छरा,वारुद लगायत खुकुरी एक थान, गुलेली एक थान र टर्चलाईट तीन थान कालिञ्चोक ९ स्थित सुक्राम सामुदायिक वनको भिरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको थियो ।
हाल मृतकको लाश पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको र थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जानाएको छ।

-गोरखा पत्रबाट

Facebook Comments Box