रोशी सहकर्मी असोज ३०,
समय अनुसार प्रबिधिहरू परिबर्तन भईरहेको छ । समय सापेक्ष रुपमा परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धि सेवाहरूलाई सूचना प्रविधिमा आधारीत आवश्यकता महशुस गरेर नेपाल सरकारले मालपोत कार्यालयहरूमा भू–सवा केन्द्र स्थापना गरेको छ । त्यही अनुसार काभ्रेको मालपोत कार्यालयमा पनि भू–सेवा केन्द्र मार्फत कार्य शुरु गरेको छ ।
सेवाग्राहीहरूको मर्म बुझेर सेवाग्राहीहरूको सुविधाको लागि भू–सेवा केन्द्रको स्थापना गरेको मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले बताएका छन् । सेवाग्राहीहरूलाई छिटो सेवा सुविधा र सहजताको लागि भ्र–सेवा केन्द्रको अवधारणालाई अगाडी बढाएको आचार्यको भनाई छ । मालपोत नियमावली २०३६ को नियम २३ मा उल्लेख भएअनुसार भू–सेवा केन्द्र मार्फत काम कारवाही सुचारु गरेको आचार्यले बताए । भू–सेवा केन्द्र स्थापनाको लागि भूमि व्यवस्था, सहारी तथा गरिबी निवारण मन्त्रालयले २०७६ असार ५ गते स्वीकृत लिएको आचार्यले जानकारी गराए । सोही अनुसार मालपोत कार्यालय काभ्रेलाई पनि विभागबाट २०७६ साउन १ गतेदेखि भू–सेवा केन्द्र सञ्चालन गर्नुपर्ने निर्देशन प्रप्त भएको थियो । सोही निर्देशन अनुसार २०७६ भदौ ३० गतेबाट मालपोत मार्यालय काभ्रेले पनि भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको आचार्यको दावी रहेको छ ।
‘मन्त्रालय र विभागको निर्देशन अनुसार हामीले सेवाग्राहीको हितका लागि हामीले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएका छौँ ।’ प्रमुख मालपोत अधिकृत आचार्यले भने, ‘भू–सेवा केन्द्र सञ्चालन पश्चात सेवाग्राहीले छिटो, छरितो र सुविधायुक्त सेवा पाउनेमा हामी विश्वस्त छाँै ।, सुरु सुरुमा ंअलि असहज लागेपनि गर्दै जाँदा बानी पर्छ र सजिलो बन्दै जानेछ, अहिले हामीले भू–सेवा केन्द्र र लिखित आएको दुवैबाट काम गरिरहेका छौ तिहारसम्ममा हामी पूरै काम भू–सेवा केन्द्र मार्फत नै गर्ने छाँै ।’

Facebook Comments Box