रोशी सहकर्मी–चैत्र १६,
२०७६,काभ्रे/

महाभारत गाउँपालिका वडा नं १ गोकुलेमा सवारी दुर्घटना भएको छ । भक्तपुरबाट ईट्टा भट्टामा काम गर्ने मजदुरहरु लिएर महाभारत गएको बा.३ ख ८८२६ नं.को मिनि ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
दुर्घटनामा परि ८ जना घाईते भएका छन् । घाईतेहुनेमा वीर बहादुर घिसिङ, निर माया घिसिङ , खानिखोला गाउँपालिका वडा नं ४ का राजु बल, तिल बहादुर पाख्रिन, जुगेपानीको नर बहादुर मोक्तान, बाबुलाल गोले, ज्ञानी माया गोले र मेनुका गोले घाइते भएका छन् ।

उनिहरुको धाप स्वास्थ्य चौकिमा उपचार भईरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
अहिले प्रहरीको टोली घटना स्थल पुगेको र उद्धारको कार्य जारी रहेको बताईएको छ ।

Facebook Comments