रोशी सहकर्मी–चैत्र १७,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा विभिन्न देशबाट फर्किएका ९ जना नेपाली सम्पर्कमा आएका छन् । विदेशबाट फर्किएका मध्य ५ जना महिला र ४ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकाररी दिएका छन् ।
उनका अनुसार उनिहरुलाई एकान्तवास अर्थात सेल्फ क्वारेन्टाईनमा बसिरहेका छन् ।
गाउँपालिकाले विदेशबाट फर्किएका सबैलाई नेपाल सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए । १४ दिन एकान्तवास बसेपस्चात संभावित लक्षण देखा परेमा उपचार हुने बताए ।

Facebook Comments Box