यश कुमार परियार–चैत्र १७,
२०७६,काभ्रे/

रोशी गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाले एम्बुलेन्स चालकहरुलाई अनिवार्य पि.पि.ई (सुरक्षीत कपडा) लगाउन अनुरोध गरेका छन् । कोरोना भाईरस अर्थात कोभिड १९ को संभावित विरामी जुनसुकै बेला सम्पर्कमा आउन सक्ने भन्दै उनले आफ्नो सामाजिक संजाल मार्फत यस्तो अनुरोध गरेका हुन् ।

कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने सन्देश दिँदै उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गाउँपालिका भित्र संचालित ३ वटा एम्बुलेन्स चालकहरुलाई दिईएको सुरक्षित कपडा (पि.पि.ई.) डिउटिको समयमा जत्ती बेला पनि लगाउन भनेका छन् । साथै अर्को पल्ट प्रयोगमा ल्याउदा सफा गरेर मात्र प्रयोग गर्न अनुरोध गरेका छन् ।

सामाजिक संजालमा “बिरामिको अवस्था पत्ता लाउन समस्या परेकोले रोशी गाऊपालिका द्वारा सन्चालित ३ नै वटा एम्बुलेन्स चालकहरुलाई बितरण गरिएको सुरक्षित (एएभ् क्भत) ड्रेसहरु हरेक डिउटिको समयमा जत्ती बेला पनि लगाउनु लाउनु होला र अर्को पल्टा प्रयोगमा ल्याउदा सफा गरेर मात्र प्रयोग गर्नु होला ! बिरामीलाई ओसारी सके पछि प्रत्यक पल्ट अनिबार्य सावुन पानीले सफा गर्नु पर्छ नभए केही समय अनिवार्य घाममा सुकाउनु होला” लेखिएको छ ।

गाउँपालिकामा आईतबार सम्म विभिन्न देशबाट आएका ९ जना व्यक्ति सम्पर्कमा आईसकेका छन् । उनिहरु अहिले एकान्तवास अर्थात सेल्फ क्वारेन्टाईनमा बसेका छन् । यसअघि गाउँपालिकाको वडा नं ९ र वडा नं २ मा १० बेडको क्वारेन्टाईन स्थापना भईसकेका छन् ।

Facebook Comments Box