यश कुमार परियार–चैत्र १७,
२०७६,काभ्रे/

नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका सम्पुर्ण घरबार विहिन बेसाहारा, मानसिक सन्तुलन गुमाई सडक जीवन विताइरहेका व्यक्तिहरुलाई उद्धार गर्न निर्देशन दिएको छ । नगरप्रमुख टि.पि.शर्मा तिमल्सिनाद्धारा हस्ताक्षरित जारी सुचनामा सबै वडाहरुलाई यस्तो निर्देशन दिएको हो ।

सुचनामा घरबार विहिन बेसाहारा, मानसिक सन्तुलन गुमाई सडक जीवन विताइरहेका व्यक्तिहरुलाई उद्धार गरि सम्भव भएसम्म उनिहरुको परिवार वा आफन्तलाई बुझाउन अन्यथा पाटि पौवा जस्ता सुरक्षित स्थानमा राख्न र खानाको व्यवस्था गरी त्यसको विवरण नगरपालिकामा उपलब्ध गराउन वडा कार्यलयलाई अनुरोध गरिएको छ ।

यसैबिच, नगरप्रमुख शर्माले वि.पि. राजमार्गमा भएका घरबार विहिन बेसाहारा, मानसिक सन्तुलन गुमाई सडक जीवन विताइरहेका व्यक्तिहरुलाई खानाको व्यवस्था गरेका छन् । आज उनले उनिहरुलाई प्रत्यक्ष रुपमा भेटेर आवश्यक लत्ता कपडा र खानाको व्यवस्था गरेका हुन् । साथै उनिहरुलाई नजिकैको पाटि पौवा जस्ता सुरक्षित स्थानमा राखिएको उनले बताए ।

Facebook Comments