रोशी सहकर्मी–चैत्र १७,
२०७६,काभ्रे/

जिल्ला काभ्रेको धुलिखेल नगरपालिक स्थित धुलिखेल अस्पतालमा काभ्रे र सिन्धुपाल्चोकको पाँच जना विरामीहरु कोरोना संक्रमणको आशंकामा भर्ना भएका छन् । हस्पिटलमा भर्ना भएका पाँच जना मध्ये एक जना रिपोर्ट नेगेटिभ आए लगत्तै डिस्चार्ज भएका छन् भने बाँकी चारजना उपचारार्थ छन् ।

डा. नरेन्द्र झाका अनुसार धुलिखेल अस्पतालमा सोमबार दिउसोसम्म पाँच जना विरामीहरु कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएका कारण भर्ना हुन आएका हुन् । ति मध्ये पहिलो विरामी उपचार पछि घर फर्किएका छन् । दोश्रो विरामी पनि काभ्रेबाटै धुलिखेल अस्पताल आईपुगेका थिए ।

उनको छोरा केहि दिन बैदेशिक रोजगारबाट फर्किएकाले कोरोना आशंकामा बाबुलाई ज्वरो लगायत अन्य लक्षण देखिए पछि अस्पताल ल्याईएको थियो । उनको रिपोर्ट पनि नेगेटिभ आएको छ । अस्पतालमा उपचारार्थ उनी केहि दिन देखि ज्वरोकै कारण भर्ना भएका थिए ।

काभ्रे जिल्लाकै अर्का ब्यक्ति आईतबार अस्पतालमा आफै भर्ना हुन पुगेका छन् । उनि फागुन ३० गते बैदेशिक रोजगारबाट फर्किएका हुन् । कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकाले संक्रमण भए नभएको पुष्टी गर्न अस्पताल भर्ना भएको उनले बताए । उनको रिपोर्ट आज साँझसम्म आईपुग्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले बताए ।

त्यस्तै सोमबार दिउसोसम्म सिन्धुपाल्चोक जिल्ला र काभ्रेबाट एकरएक जना विरामीहरु भर्ना भएका छन् । भर्ना भएका दुबै जना भारतको सिलगुढी हुँदै नेपाल आईपुगेका थिए । दुबै जनालाई एकै खालको लक्षण देखापरेपछि अस्पताल पठाईएको हो । दुबै जनाको परिक्षणका लागि टेकु पठाईएको छ ।

Facebook Comments Box