यश कुमार परियार–चैत्र १७,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा आज सम्म विभिन्न देशबाट फर्किएका १२ जना नेपाली सम्पर्कमा आएका छन् । विदेशबाट फर्किएका मध्य ५ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उनिहरुलाई एकान्तवास अर्थात सेल्फ क्वारेन्टाईनमा राखिएको छ ।

रोशी सँग कुरा गर्दै श्रेष्ठले “हामीले निरन्तर अनुगमन गरिरहेका छौँ, वडा कार्यलयले पनि निरन्तर अनुगमन गरिरहेको छ” उनले थप्दै “लक्षण देखा परेमा धुलिखेल अथवा बनेपाको शिर मेमोरीयल अस्पताल पर्याउँछौँ, यदि विदेशबाट आएका कोहि व्यक्ति समाज परिवारमा शंकाको दृष्टिकोणले हेर्ने, अपहेलित हुने किसिमको वातावरण भयो भने हामिले स्थापना गरेको क्वारेन्टाईनमा राख्छौँ” भने ।

सेल्फ क्वारेन्टाईन भनेको आफ्नै घरमा परिवारको सम्पर्कबाट अलि टाढा बस्नु हो । गाउँपालिकाले विदेशबाट फर्किएका सबैलाई नेपाल सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए । १४ दिन एकान्तवास बसेपस्चात संभावित लक्षण देखा परेमा तत्काल उपचार हुने बताए ।

हेर्नुहोस् विवरण:

Facebook Comments Box