रोशी सहकर्मी–चैत्र १७,
२०७६,सिन्धुपाल्चोक/

जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्याङ्क सार्वजनिक गरेको छ । १२ स्थानीय तहमध्ये पाँच वटा पालिकामा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ । तीन नगरपालिका र दुई गाउँपालिकामा मात्रै आएसोलेसन कक्ष निर्माण भएको हो । मेलम्ची, बाह्रविसे, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, इन्द्रावती गाउँपालिका र सिन्धु सदाबहार अस्पतालमा मात्रै आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

तथ्यांकअनुसार मेलम्ची नगरपालिकामा चार बेडको आइसोलेसन र ३० बेडको क्वारेन्टाइन छ । इन्द्रावतीमा ६ बेड, बाह्रविसेमा ९ र सिन्धु सदावशार अस्पतालमा ८ बेडको आइसोलेसन कक्ष रहेको छ । बलेफी गाउँपालिकामा २ वेडको आइसोलेसनसहित १६ बेडको ब्वारेन्टाइन तयार गरिएको छ । जिल्लाको हेलम्बुमा २० बेड, पाँचपोखरी थाङ्पालमा २० बेड, चौतारामा १४ बेड, त्रिपुरासुन्दरीमा २४ बेड, लिसंखुपाखरमा १० बेड र सुनकोशीमा २८ बेडको क्वारेन्टाइन तयारी भइसकेको छ ।

जिल्लाको जुगल र भोटेकाशी गाउँपालिका अझैसम्म आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माण भएको छैन ।

यसैबीच भोटेकोसी गाउपालिकाले कोरोना भाईरसबाट संक्रमित नागरिकहरूको उद्दार तथा उपचारका लागि २० लाख रकमको भोटेकोसी गाउँपालिकास्तरिय कोरोना राहत तथा उद्दार कोष निर्माण गरेको छ । कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत तर्फबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ जम्मा गर्नु भएको छ । पालिकाले कोषमा ईच्छुकले रकम जम्मा गर्न आग्रह गरेको छ ।

Facebook Comments