रोशी सहकर्मी–चैत्र १७,
२०७६,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा – ५ च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय सहित नेकपाका युवाहरूले घर–घरमै पुगेर मास्क वितरण गरेका हुन् ।

आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले गरेको ४३ हजार आर्थिक सहयोगबाट ३ हजार पिस मास्क खरिद गरेर गाउँमा वितरण गरिएको नेकपा च्यासिङ्खर्कका नेताले बताए । च्यासिङ्खर्कको कामीडाँडा, वाइबाडाँडा, माझटोल, गोलेटोल, भञ्ज्याङ्, मदनबास, छापडाँडा, छिर्के, लडकुखोला पौवामा मास्क वितरण गरिएको छ ।

गाउँमा कोरोना भाइरस रोगथामका लागि आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले स्थानीय तहमा विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर सचेतना मुलक कार्यक्रम गरिरहेको छ । हाल दक्षिण कोरियामा नै रहेका रहर लामाको नेतृत्वमा रकम संकलन गरी पठाइएको हो ।

Facebook Comments