रोशी सहकर्मी–चैत्र १८,
२०७६,बनेपा/

लकडाउन उल्लंघन गर्ने ६६ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । सरकारले चैत २५ गते सम्म लकडाउन गरेको छ तर त्यसको उल्लंघन गर्दै हिड्नेलाई प्रहरी नियन्त्रणमा लिन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौडेलले जिल्लाका विभिन्न स्थानबाट बिहान ११ बजेसम्ममा ६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । सवारी साधन मात्र नियन्त्रणमा लिदैँ आएका थियौँ तर मानिसको आवातजावत बढ्न झन नरोकिएपछि नियन्त्रणमा लिन सुरु गरेका छौँ ।

सरकारले लकडाउन लगाएको समयमा बिना काम हेरौ न त भनेर बाहिर निस्किने बनेपा, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका लगायतबाट ६६ जनालाई नियन्त्रण लिइसकेका छौँ । उहाँले नियन्त्रणमा लिएकालाई कोरोना भाइरसका लक्षण, यसबाट बच्ने उपायका बारेमा कक्षा लिइने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले पटकपटक लकडाउनको पूर्ण पालना गर्ने सूचनाहरु जारी गर्दै आएको छ ।

नगरपालिका, प्रहरी लगायतले माकिङ गरिरहेका छन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सोमबार जिल्लाबासीका दिइएको आदेशमा अत्यावश्यक काम बाहेक कुनै व्यक्ती घरबाट निस्किएमा संक्रमण रोग ऐन, २०२० को दफा २(२) बमोजिम नियन्त्रणमा लिई कडा कारवाही गरिनेछ, भन्ने उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक कार्यालय काभ्रेले लक डाउन उल्लङघन गर्ने करिब चार सय सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको जनाएको छ ।



Facebook Comments