रोशी सहकर्मी– कार्तिक ०२
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ । जनप्रिय प्राथमिक विद्यालय बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा रहेको विद्यालयले तिमल्सिनालाई सम्मान गरेको हो ।
बेथान्चोक गाउँपालिकाको साविक ढुंखर्क गाउँ विकास समिति वडा नम्वर २ मा जन्मिई जिल्ला र राष्ट्र निर्माणमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याउन सफल भएकोमा तिमल्सिनालाई विद्यालयको तर्फबाट सम्मान गरिएको अध्यक्ष कमल नेपालले जानकारी दिए । । ‘तिमल्सिनाले साविक ढुंखर्क गाविस वडा नम्वर २ मा जन्मिई काभ्रेपलाञ्चोक जिल्लामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ काभ्रेको नेतृत्वका साथै पत्रकारितामा विशेष योगदान पु¥याई स्थानीय स्तरको नाम राख्न सफल भएको भन्दै सम्मान गरिएको हो’–अध्यक्ष नेपालले भने । सोहि अवसरमा शिक्षक संघ प्रदेश नम्वर ३ का अध्यक्ष नारायण तिमल्सिना, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु बोधनाथ तिमल्सिना, सदस्यहरु बेदप्रसाद तिमल्सिना, हरिप्रसाद अधिकारी, सस्थापक अध्यक्ष रामबहादुर तामाङको धर्मपत्नि लगायत विद्यालयका जग्गा दाता कृष्णप्रसाद तिमल्सिना, विद्यालय भवन निर्माण गरिदिने जर्मनी नागरिक, विद्यालय निरिक्षक विद्यालय भवन समयमै निर्माण गर्ने निर्माण ब्यवसायी आरवि कन्ट्रसन, शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।
सम्मानित ब्यक्तिहरुलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमल नेपाल, प्रधानाध्यापक दिलिप तिमल्सिना, वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।


Facebook Comments