रोशी सहकर्मी–चैत्र १८,
२०७६,पनौती/

काभ्रेको पनौती नगरपालिकामा विदेशबाट फर्किएका ९५ जना सम्पर्कमा आएका छन् । फागुन १५ देखि चैत्र १७ गते सम्ममा विभिन्न देशहरुबाट आएका ९५ जनाको लगत नगरपालिकाले संकलन गरेको छ । नगरभित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट आएकाहरुको लगत संकलन गरि होम क्वारेन्टाइनमा बस्न परामर्श दिएको नगर प्रमुख भिम न्यौपानेले बताए ।

उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइनका नियम पालना गर्न परिवारलाई समेत स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिबाट परामर्श गरिएको साथै नियमित अनुगमन गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघिनै नगरपालिकाले प्राथमिक स्वस्थ्य केन्द्र खोपासिमा १० बेडको क्वारेन्टाइन तयार पारीसकेको छ । त्यस्तै ७ नम्बर वडामा रहेको रंगशाला कभर्ट हलमा ४० बेडको क्वारेन्टाईन तयार पारिएको नगर प्रमुख न्यौपानेले बताए ।

Facebook Comments Box