रोशी सहकर्मी–चैत्र १८,
२०७६,काभ्रे/

रोशी गाउँपालिकाको नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाका अनुसार गाउँपालिकालाई स्मार्ट गाउँपालिका बनाउने अवधारण अनुरुप एप्लिकेसन निर्माण गरिएको बताए ।

यस मोबाईल एप्लिकेसनबाट गाउँपालिका अध्यक्ष सँग प्रत्यक्ष कुराकानी गर्न सकिने छ । साथै एपबाट गाउँपालिकाको प्रोफाइल, गाउँपालिकाको सुचना, सम्पुर्ण विवरण, जनप्रतिनिधिहरुको सम्पर्क नम्बर, गाउँपालिकाको सम्पुर्ण शाखाको बारेमा जानकारी आदि प्राप्त गर्न सकिने छ ।

अहिले कोरोना भाईरसको विश्वव्यापी माहामारीको घडीमा आफ्नो स्थानिय गाउँपालिकाका जनताहरुको सुरक्षा र आधिकारिक जानकारीका निमित्त स्मार्ट रोशी गाउँपालिका एप्समा कोरोना सम्बन्धी जानकारी मोड्युल अपडेट पनि गरिएको छ ।

प्रयोग गर्ने विधिः

आफ्नो मोबाईलको Play store मा गएर Roshi RM लेखी ईन्टर गरेर install गर्नु होला ।

डाउनलोड गर्ने लिङ्कः

https://play.google.com/store/apps/details…

Facebook Comments