यश कुमार परियार–चैत्र १८,
२०७६,काभ्रे/

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १ सय ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लक डाउनको बेलामा विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाको बनेपा र धुलिखेलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए ।

जसमा बनेपाबाट मात्रै १ सय २२ जना रहेका छन् । बाँकि धुलिखेल र काभ्रेका अन्य स्थनका रहेको उनले बताए । उनिहरुलाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिई बनेपाको पोलिटेक्निकल विद्यालयको चौरमा कोरना सम्बन्धि कक्षा लिएर खानेपानी, खाजा, र सेनेटाईजरको व्यबस्था अव उप्रान्त लक डाउन उलघंन नगर्ने प्रतिबद्धता गराई छाडिएको उनले बताए । बाँकि स्थानमा पक्राउ परेकाहरुलाई साँझ मात्र छाडिने बताईएको छ ।

Facebook Comments