रोशी सहकर्मी– कार्तिक ०३
काभे्रमा निजी आवास निर्माणले तीव्रता पाएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले आवास निर्माणको समय सीमा तोकेपछि काभे्रमा निजी आवास निर्माणले तीव्रता पाएको हो ।
भूकम्प गएको साँढे चार बर्षमा ४५ हजार ५७४ लाभग्राहीले नयाँ घर बनाएर सरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय काभे्रले जनाएको छ । जिल्ला आयोजना कार्यालय कार्यान्वयन इकाई (जिमाली)का प्रमुख सागर आचार्यले पुनःनिर्माणले तीव्रता पाएको बताए । बर्षात सुरु भएसँगै रोकिएको पुनःनिर्माणले पुनः तीव्रता पाएको छ । उनले अहिले सम्म ४५ हजार ५७४ अर्थात ५५ प्रतिशत लाभग्राहीले निजी आवास निर्माण सम्पन्न गरेर नयाँ घरमा बस्न थालेको बताए ।
यो संख्या तेस्रो किस्ता लिने हो, अझै कतिले किस्तामा ढिलाई हुँदा सरेको पनि जानकारी पाएका छौँ, जिमाली प्रमुख आचार्यले थप्दै, करिब ५० हजार पीडितको नयाँ घर बनिसकेको छ भने । ४३ हजार ७८४ ले सरकार मार्फत र एक हजार ७९० ले गैरसरकारी संस्था मार्फत तीन लाख लिएका थिए ।

Facebook Comments