रोशी सहकर्मी–चैत्र १८,
२०७६,काभ्रे/

काभ्रे जिल्लामा दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनलाई सहज बनाईने भएको छ । मंगलबार जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले खाद्यान्न, ग्याँस लगायतका अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड–१९ को विरुद्धको अभियानमा सरकारले देशव्यापी रुपमा चैत्र २५ गते सम्म लकडाउनको अवधि थप गरेको छ ।

यस विद्यमान अवस्थामा अन्तर निकायगत समन्वय गरि जिल्लामा आपूर्ति हुँदै आएको खाद्यान्न, ग्याँस लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउन विभिन्न १० वटा निर्णय गरेको प्रमुख केसीले जानकारी दिए ।

दैनिक उपभोग्य खाद्य बस्तुको आपूर्ति नियमित तथा सहज बनाउन सबै स्थानीय तहहरुले नेतृत्व लिने निर्णय हुनेको साथै सामान विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने मापदण्ड स्थानीय तहले नै बनाउन निर्देशन दिएको प्रमुख केसीले बताए ।

Facebook Comments Box