रोशी सहकर्मी–चैत्र १८,
२०७६,बनेपा/

बिस्वब्यापी रुपमा फैलिएको महामारी कोरोना रोगको जनचेतना र सचेत बनाउनका लागि दिनरात नभनी खटिने सुरक्षाकर्मीको स्वास्थलाई ध्यान दिदै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य भेषराज शाह र युवा संघका नेता समिप त्रिपाठीले प्रहरीलाई सहयोग गरेका छन् ।

ईलाका प्रहरी कार्यलय बनेपाका कार्यलय प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनालाई १०० पिस माक्स, २० पिस सेनिटाईजर , २५ पिस साबुन, ५ वटा थर्मोमिटर डिजिटल, दुई काटुन पानी, ६० पिस पन्जा प्रदान गरिएको छ ।

जनताको सुरक्षाका खटिएका तथा आफ्नो स्वास्थ्यसम्म पनि नसोचि अरुलाई निरोगी बनाउन लागेका प्रहरीकालागि यति सहयोग गर्न पाउनु खुसीको कुरा रहेको राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य भेषराज शाहले बताए ।

युवा संघका नेता समिप त्रिपाठिका अनुसार देश र सरकारले गरेको निणर्यलाई विफल हुन नदिनका लागि प्रहरीले निभाएको भुमिकाले आफुलाई प्रोतशाहन गरेकोले यसो गरिएको बताएका छन् । आफुहरुलाई यस अवस्थामा गरिएको सहयोगका लागि एकदमै खुसी लागको प्रहरी प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।

Facebook Comments Box