रोशी सहकर्मी–चैत्र २०,
२०७६,काभ्रे/

रोशी गाउँपालिका भित्र पर्ने बजार क्षेत्रमा किटनासक औषधी छरिएको छ । आज (बिहिबार) गाउँपालिकाको बजार क्षेत्र रोशी गाउँपालिकाको साथै मानिसहरुको आवतजावत हुने स्थानहरुमा नमोबुद्ध नगरपालिकाको दमकलको सहायतामा औषधी छरिएको गाउँपालिका अध्यक्ष डि.बि.लामाले जानकारी दिए ।

डिस्ईन्फेक्सन स्प्रे नमोबुद्ध नगरपालिकाबाट रोशीको सिमाना सुरु हुने स्थान देखि रोशी गाउँपालिकाको सिमाना सम्म छरिएको थियो ।
विश्व महामारीको रुप लिईरहेको कोरोना भाईरस अर्थात कोभिड १९ रोकथामका निमित्त काभ्रेमा विभिन्न स्थानीय निकायले औषधि छरीरहेका छन् ।

यसैबिच रोशी गाउँपालिकाले पनि कोरोना भाईरसको रोकथामका निमित्त औषधी छरेको गाउँपालिका अध्यक्ष लामाले बताए ।
यस कार्यमा रोशी गाउँपालिकाका कर्मचारी, सुरक्षा कर्मी साथै नमोबुद्ध नगरपालिकाका कर्मचरीको सहयोग रहेको थियो ।

Facebook Comments