रोशी सहकर्मी–चैत्र २२,
२०७६,काभ्रे/

रोशी गाउँपालिकाको वडा नं २ शिखर आम्बोटेमा दैनिक रुपमा ज्यालादारी गरेर जिविकोपार्जन गर्ने १८ घर परिवारलाई राहत वितरण गरेको छ ।
गाउँपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका निमित्त वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरि काम अगाडि बढाउने निर्णय गरेसँगै वडा नं २ ले वडा अध्यक्ष पोते लामाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
आज (शनिबार) सोहि समिति मार्फत १८ विपन्न बर्गका परिवारलाई ३० किलो चामल, २ किलो दाल, २ किलो चिनी, २ प्याकेट नुन, २ वट्टा साबुन बितरण गरिएको थियो । जसमध्य २ जना भन्दा कम परिवार संख्या भएका १० जनालाई भने १५ के.जि। चामल वितरण गरिएको वडा अध्यक्ष लामाले बताए ।
राहत वितरणमा अध्यक्ष लामा, वडा सदस्य भोज बहादुर बोहोरा, वडा सचिव तुलसी जोशी, स्वास्थ्य संयोजक रजनी शाह लगायत वडाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box