रोशी सहकर्मी–चैत्र २२,
२०७६,काभ्रे/

तेमाल गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु वितरण गरेको छ । गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, स्वास्थ्य शाखा ईन्चार्ज शिब हरी पाठक लगाएतको संयुक्त टोलीले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा गएर पि.पि.ई. (पर्सनल प्रोटेक्टीभ ईक्युप्मेन्ट), सेनेटाईजर, ग्लोबस्, साबुन लगायत बिभिन्न प्रकारका नेवल कोरोना भाइरस अर्थात कोभिड १९ रोगथाम सम्बन्धि आवश्याक स्वास्थ्य सामग्रीहरू हस्ताण्तरण गरिएको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले बताए ।
स्वास्थ्य सामग्रीहरु वडाअध्यक्षको रोहबरमा स्वास्थ्य चौकीका ईन्चार्जहरुलाई हस्तान्तरण गरिएको प्रवक्ता तामाङले बताए । ९ वटा वडा रहेको गाउँपालिकामा कोरोना रोकथाम र संक्रमण फैलनबाट रोक्न गाउँपालिका र जनप्रतिनिधिहरु लागिपरीरहेका छन् ।
गाउँपालिकाले यस अघि नारायण स्थान स्वास्थ्य चौकीमा ४ बेडको क्वारेन्टाईन निर्माण गरिसकेको छ ।

Facebook Comments Box