रोशी सहकर्मी–चैत्र २२,
२०७६,काभ्रे/

काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धेलिखेल अस्पतालमा कोरोना भाईरस अर्थात कोभिड १९ संक्रमण सम्वन्धी परिक्षण शुरु हुने भएको छ । अस्पतालका प्राध्यापक डा. सुमन ताम्राकारले दिएको जनकारी अनुसार पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना संक्रमणको परिक्षण हुनेछ । पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरुको ब्यवस्थापनका लागि पहिलो चरणमा साताको दुई पटक मात्रै परिक्षको ब्यवस्था मिलाईएको डा. ताम्राकारले जानकारी दिए ।
सिमित पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरु उपलब्ध रहेकोले केहि दिन कोरोनाको लक्षण देखिएका केहि बिरामीहरुको परिक्षण गरिने उनको भनाइ छ ।
धुलिखेल अस्पतालमा परिक्षण शुरु भए पछि काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, सिन्धुली र दोलखाका केहि क्षेत्रका नागरिकहरुको परिक्षणमा सहज हुनेछ । बागमती प्रदेश सरकारले उक्त रोगको परिक्षण र उपचारका लागि धुलिखेल अस्पताललाई नगरपालिका मार्फत २० लाख उपलब्ध गराई सकिएको छ ।
यस अघि राजधानी र आसपासका क्षेत्रबाट समेत राजधानीको टेकुमा मात्रै परिक्षण गरिदै आएको थियो ।

Facebook Comments