असोज ०३
हिन्दुहरुको दोश्रो ठुलो महान चाड तिहार नजिकिदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यस दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

Facebook Comments Box