रोशी सहकर्मी–चैत्र २४,
२०७६,काभ्रे/

काभ्रे उद्योग वाणिज्य संघले ईलाका प्रहरी कार्यालय बनेपालाई दुई थान पिपिई उपलब्ध गराएको छ । प्रहरीलाई पिपिईका साथमा केहि थान स्यानिटाईजर र मास्क उपलब्ध गराईएको छ ।

कोरोना भाईरसको संक्रमणको आशंकामा उद्धार गर्न खटिने क्रममा सुरक्षाकर्मीहरुको सुरक्षालाई ध्यान दिदै उद्योग बाणिज्य संघ मार्फत उक्त सामाग्री उपलब्ध गराईएको केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले जानकारी दिए ।
जिल्ला अध्यक्ष प्रकाश मानन्धर, उपाध्यक्ष बसन्त भोक्षिभोया, विभागिय संयोजक ग्रुवेन तौजले, महासचिव कैलाश पलाञ्चोके लगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ ।

त्यस्तै एनएमवी बैक बनेपा शाखा र ओम शान्ति सहकारीले इलाका प्रहरी कार्यालय मातहका प्रहरी र बेथान्चोक गाउँपालिकाको वडा नम्वर ३ र ५ का १ हजार ५ सय घर धुरीका लागि हात धुने साबुन उपलब्ध गराएका छन् ।

यस्तै, बाग्मती टिपर ब्यवसायी संघद्वारा घोषित १० टन चामल जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वोरन्टाईनमा हस्तान्तरण गरिएको अध्यक्ष प्रेम लामाले जानकारी दिए ।

Facebook Comments