रोशी सहकर्मी–चैत्र २४,
२०७६,काभ्रे/

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, पार्टी जिल्ला इन्चार्ज, निवर्तमान संचार तथा सूचना प्रबिधि मन्त्री एवं काभ्रे प्रतिनिधि सभा २ का माननीय सांसद गोकुल बास्कोटाको पहलकदमिमा काभ्रेका स्थानिय तहहरुको लागि उपलब्ध गराएका छन् । स्यानिट्याइजर र मास्क बितरणको पहिलो दिन अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रेद्वारा जिल्लाको मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र चौरिदेउराली गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

मण्डनदेउपुर नगरपालिका मा १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो भने भुम्लु गाउपालिका र चौरिदेउराली गाउपालिकामा १२० थान स्यानिट्याइजर प्रदान गरिएको थियो ।
मण्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइबा, उपप्रमुख निर्मला शाही र कार्यकारी अधिकृत प्रणराज न्यौपाने लगायतलाई हस्तान्तरण गरिएको थियो भने, भुम्लु गाउपालिकामा पालिमा प्रमुख गुमानध्वज कुवँरलाई हस्तान्तरण गरिएको थियो ।

सोही दिन चौरिदेउराली गाउपालिकामा शालिकराम नेपाललाई १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य जेनिस लामा, सुन्दर खड्का, शालिकराम पराजुली, राष्ट्रिय युवा संघ जिल्ला संयोजक बिक्रम चौलागाईं, सह–संयोजक राजकुमार श्रेष्ठ, अनेरास्ववियू काभ्रेका पुर्व अध्यक्ष नवराज ढकाल, अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्मा, जिल्ला सदस्य मुकुन्द लामिछाने र राष्ट्रिय युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

काभ्रे जिल्लाका विभिन्न स्थानिय तहलाई आवश्यक स्यानिट्याइजर र मास्क उपलब्ध गराउने क्रम निरन्तर चल्ने बास्कोटाले बताए ।

Facebook Comments Box