रोशी सहकर्मी–चैत्र २४,
२०७६,काभ्रे/

जिल्लाको मण्डनदेउपुर नगरपालिमा ३० सिट क्षमताको क्वारेन्टाईन निर्माण भईसकेको छ । नगर प्रमुख टोक बहादुर वाईबाका अनुसार तीन स्थानमा गरेर संघीय सरकारको निर्देशन बमोमिज ५० सिट क्षमताको क्वारेन्टाइन बनाउनु पर्ने भएकाले हाल ३० सिट तयारी अवस्था रहेको र अन्य २० थप गर्ने तयारी रहेको बताए ।

नगरपालिकाबाट भित्रने र बाहिरिने धेरै नाका भएको र जोखिम न्यूनिकरण गर्ने उद्देश्यकले नगरपालिकाले प्रत्येक नाकामा स्वास्थ्य जाँचका लागि डेक्स राखिएको नगप्रमुख वाइवाले जानकारी दिएका छन् । सबै वडाका बस्ती र चोकहरुमा किटाशन औषधी छर्कने काम समेत अन्तिम चरणमा रहेका उनले बताए ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा ८ जना रहेकोमा ५ जनाको बस्ने अवधि पुरा भएको र कुनै समस्या नदेखिएकाले चिकित्सको सल्लाहअनुसार घर पठाइएको र ३ जना बाँकी रहेको उनले बताए ।

Facebook Comments