रोशी सहकर्मी–चैत्र २४,
२०७६,काभ्रे/

प्रदेश सभाका सांसद चन्द्र लामा यतीबेला काभ्रेपलाञ्चोक जिल्लामा आवश्यक सामाग्रीको जुटाउने अभियानमा हुनुहुन्छ ।

आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तह तथा जिल्लाभरीकै वस्तुस्थितीको बारेमा उहाँले जानकारी लिनुभएको छ । यो सातामात्रै उहाँले नमोबुद्ध, खानीखोला, महाभारत, धुलिखेल, पनौती, तेमाल, पाँचखाल, मण्डनदेउपुर, चौरीदेउराली, भुम्लु, रोशी, बनेपा, मण्डनदेउपुरका स्थानीय सरकारका प्रमुखहरुसँग त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको थियो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने अधिकाशं स्थानीय तहका विपद् व्यवस्थापन समितिका बैठकहरुमा समेत बसेर आवशयक सहयोग कसरी गर्न सकिन्छ र जिल्लालाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सकृयता देखाउनु भएको छ ।

जिल्लाका प्रहरी, सेना,सिडिओ, शसस्त्र प्रहरीसँग समेत निरन्तर सहकार्य गरेर अघि बढ्नु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय जिल्लामा रहेका क्वारेनटाइनको समेत निरीक्षण गर्नु भएको छ । उहाँले सोमबारमात्रै पनौतीमा रहेको फुड बैंकको निरीक्षण समेत गर्नुभएको छ ।

निर्माण व्यवसायी समेत भएकाले व्यवसायीहरुसँग उहाँले अनुरोध समेत गर्नुभएको छ । उहाँकै अनुरोधमा निर्माण व्यवसायी संघ काभ्रेवाट सहयोग गरेको छ । त्यस्तै उहाँले काभ्रेका जनतालाई समस्या परेमा आफूलाई र स्थानीय तहका प्रमुख तथा जिम्मेवार व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

Facebook Comments