रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

परापूर्वकाल देखि मनाउँदै आएको बिस्केट जात्रा यस बर्ष भने नहुने भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतद्धारा हस्ताक्षरित सुचनामा जात्रा स्थगित भएको जनाईएको छ ।

सुचनामा “विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई मध्यनजर गर्दै मन्त्रिपरिषदको यहि चैत्र २४ गते बसेको निर्णय अनुसार २०७७ बैशाख ३ गते सम्मलक डाउन घोषणा भएकोले विषेश परिस्थितिका कारणले गर्दा धुलिखेल नगरपालिकाको सम्बन्धित वडाहरुमा परापुर्वकाल देखि मनाउँदै आएको बिस्केट जात्रा यस वर्ष संचालन नगर्न हुन सम्पुर्ण वडाबासी, जात्रा संचालक एवं सरोकारवालाहरुमा जानकारीको लागि सूचित गरिन्छ” भनिएको छ ।

जात्रा आउँदो ०७७ साल बैशाख १ गते हुँदै थियो ।

Facebook Comments