रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

जिल्लाको बनेपामा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले निःशुल्क खाना वितरण गरेको छ ।

बनेपाको चादनिचोकमा २७ गतेबाट निःशुल्क खाना वितरण कार्य सुरुवात गरिएको थियो । ‘लकडाउन’ नखुल्दासम्मको लागि गर्र्ने नेपाल विद्यार्थी संघ काभ्रे जिल्लाको अध्यक्ष निर्पेश बादेले बताएका छन् ।

उनका अनुसार २१० जनालाई खाना खुवाईएको हो । बाटोमा हिड्ने वटुवा तथा अन्य व्यक्तिहरुका लागि खाना खानका लागि अभाव नहोस भन्नका लागि यो कार्य गरिएको हो । खाना वितरण बनेपामा रहेको जो कोहिले खान पाउने उनले बताए ।

हाम्रो सानो सहयोगले महामारीमा परेका व्यक्तिहरुका लागि केहि राहत भयो भने यो भन्दा ठुलो पुण्य अरु नहुने अध्यक्ष बादेले बताए ।

Facebook Comments Box