रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

जिल्लाको पनौती नगरपालिककाले विपन्न र अतिविपन्न वर्गको सुची तयार पारेको छ ।

नगरभित्र ६ सय घरधुरी विपन्न परिवार छन् । त्यस्तै १ सय ३० अतिविपन्न घर परिवार रहेको नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले बताए ।

नगरपालिकाले ‘लकडाउन’ पछि ससमस्यामा परेका अतिविपन्न वर्गका १ सय ३० घरधुरीलाई राहत वितरण गरिसकेको छ । दोस्रो चरणको राहत वितरण पनि सुरु भइरसकेको छ ।

नगरपालिकाले दैनिक ज्याला मजदुर गर्नेका लागी राहत वितरण गर्न फूड बैंक सञ्चालन गरिरहेको छ । नगरपालिकाले दाल, चामल लगायत १९ थरिका दैनिक आवश्यक पर्ने चिज अतिविपन्न परिवारलाई राहत स्वरुप दिने गरेको छ ।

Facebook Comments Box