रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिकाले पसल खोल्ने समय निर्धारण गरेको छ ।

कार्यपालिका बैठकको निर्णय अनुसार पालिकाभित्रका सबै किमिसका पसलहरु विहान ८ बजेदेखि १० बजेसम्म र दिसँसो ३ बजेखि ५ बजेसम्म मात्रै खुल्न पाउने पालिकाको अध्यक्ष कान्छालाल जिम्बाले बताए । पालिकाभित्रका पसलहरुको नियमित अनुगमन गर्न उप(प्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिलाई थप प्रभावकारी बनाइएको छ ।

पालिकाभित्र कोहि विदेशबाट भित्रिए तत्काल पालिकामा खबर गर्न अध्यक्ष जिम्बाले सबैसँग आग्रह गरे । पालिकाभित्र रहेका गरिब, दैनिक ज्याला मजुरी गर्ने र विपन्न घरपरिवारलाई राहत उपलब्ध गराउन ‘फूड बैंक’ स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जथाभावी राहत वितरण गर्न नदिन जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा निगरानी बढाउने भएका छन् । पालिकाले २५ लाखको कोरोना विशेष कोष स्थापना गरेको छ ।

Facebook Comments