रोशी, कार्तिक ०५
आज बिहान बिपि राजमार्ग अन्तर्गत ल्हास्कोटमा एम्बुलेन्स दुर्घटना भएको छ । बिहान करिब ५ः३० मा काठमाण्डौबाट सिराह तर्फ जाँदै गरेको स १ च ११९१ नम्बरको लास बोकेको एक्बुलेन्स नमोबुद्ध नगरपालीका वडा नं ५ स्थित ल्हास्कोट को घुमाउने भनिने ठाँउमा अनियन्त्रित भई दुर्घटना भएको कुटुञ्जे प्रहरी चौकीले जनाएको छ ।
सु–स्वास्थ्य हेल्थ कियर प्रा.ली. द्धारा सञ्चालीत उक्त एम्बुलेन्समा मृतक सहित ७ जना सवार थिए । सडकबाट करिब ३० मिटर तल खोलामा खस्दा एकै परिवारका ४ जना गम्भिर घाईते र अन्य दुई सामान्य घाईते भएका छन् । उनिहरुलाई घुलीखेल अस्पताल पठाइएको र अहिले उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments