रोशी सहकर्मी–चैत्र २९,
२०७६,धुलिखेल/

धुलिखेल सामुदायिक अस्पतालमा कोरोना भाइरसको परीक्षण हुन थालेपछि शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट १९६ जनाको परीक्षणका लागि आएकोमा १२० जनाको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले दिएको जानकारी अनुसार ७६ जनाको परीक्षण भइरहेको छ ।

चैत २३ गतेबाट कोरोना परीक्षण सुरु भएको धुलिखेल अस्पतालमा २६ जनाको परीक्षण भइसकेको जसमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो । त्यस्तै परीक्षण हुनुभन्दा अगाडि ७ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा उनीहरुको पनि नेगेटिभ आएको थियो ।

अहिले सम्म जिल्लाका १३ वटै स्थानीय तहमा क्वारेन्टाइन बनेको जनाइएको छ । अहिले सम्म २८८ क्वारेन्टाइन वार्ड बनेका छन । जसमा एक जना मात्र बसेको जनाइएको छ ।

Facebook Comments