रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेथानचोक शाखाले बेथानचोक गाउपालिकाको कोभिड (१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस ९कोभिड १९० का कारण नेपाल सरकार लगायतले गरेको लकडाउनलाई लक्षित गरेर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेथानचोक शाखाले बेथानचोक गाउपालिकाको कोभिड (१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तीस हजारको चेक हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले स्थानीय तहका प्रमुख एवं अध्यक्ष प्रेम बहादुर तिमल्सिनालाई तीस हजारको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा साकोसका सचिव मुकुन्द शर्मा, लेखा संयोजक हरिप्रसाद तिमल्सिना, संचालक सदस्य सुकमान तामाङ, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक चेतनाथ तिमल्सिना, सदस्य हरि तिमल्सिना र बेथानचोक शाखा प्रमुख रामकृष्ण तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments