रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा जुटिरहेका स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा राहत तथा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको नेतृत्वमा वडाका सम्पुर्ण घरघुरीलाई सेनेटाईजर १ थान, साबुन २ थान मास्क उपलध गराईएको छ भने वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठको सक्रियतामा वडा नम्वर २, वडा नम्वर ३, वडा नम्वर ४ का स्वास्थ्य चौकी तथा सद्भाव अस्पताल नालाका लागि ८ थान पिपिई उपलब्ध गराईएको छ ।

त्यसैगरी बनेपा नगरपालिका वडा नम्वर १२ महेन्द्रज्योती बाँसडोलका १ सय ५० अति विपन्न परिवारलाई वडा कार्यालयले राहत वितरण गरेको छ । वडा अध्यक्ष रामबहादुर कुँवरले वडा भित्र रहेका अति विपन्न, दलित वर्ग, श्रमिकहरुका लागि खाद्यान्न वितरण गरिएको बताउनु भयो । यस अघि बनेपाका विभिन्न वडाहरुमा राहत वितरण गरिएको छ ।

Facebook Comments Box