रोशी सहकर्मी–चैत्र ३०
२०७६,कटुन्जेबेशी/

कोरोना भाइरस रोकथाम, नियन्त्रण र राहत व्यवस्थापनका लागि रोशी गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुई लाख १३ हजार सात सय ३१ रुपियाँ जम्मा भएको छ । गाउँपालिकाले सिद्धार्थ बैैक कटुन्जेबेशी शाखामा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले आजसम्म विपद् कोषमा दुई लाख १३ हजार सात सय ३१ रुपियाँ जम्मा भएको जानकारी दिनुभयो । उहाँले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेर रोसी गाउँपालिकालाई सहयोग गर्नेलाई धन्यवाद दिनुभयो । हामीले मात्र गरे हुँदैन जतिले सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु, भन्नुभयो ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले विपद् कोषमा रकम जम्मा हुने क्रम जारी रहेको जानकारी दिनुभयो । कोषमा सिद्धार्थ बैंक कटुन्जेबेशी र सिर्जनशिल युवा समुह रोसी वडा न २ बाट ३०/३० हजार, दुर्गा लामा मोक्तान राशी वडा न ३, इन्जिनियरद्धय राम लक्ष्मण लामा चौँरीदेउराली वडा न ७ र देवराज रायमाझी रोसी वडा न ११ ले २०/२० हजार सहयोग उपलब्ध गराउनुभएको थियो । त्यस्तै शम्भु गौतम रोसी वडा न ७ बस्ने (हाल पोर्चुगल) ले १३ हजार ३३१ रुपियाँ सहयोग उपलब्ध गराउनुभएको छ ।

नेकपा रोशी, पृथक कन्सट्रक्सन, मेगा इन्जिनियरिङ कम्पनी, रोशी गाउँपालिका इन्जिनियरद्धय निर्मल लामा स्याङ्तान (खानीखोला) र भूपेन्द्र अधिकारी (पाँचखाल), श्यामसुन्दर कार्की रोशी वडा न ३ बाट १०/१० हजार सहयोग कोषमा जम्मा भएको थियो । जीवन पाख्रिन रोसी वडा न ११ (हाल मलेसिया) बाट १० हजार तीन सय, थुपतेन उर्गेलिङ गुम्बा वडा न ७ बाट पाँच हजार एक सय र गोविन्दबहादुर थापा, रोशी वडा न २ कार्यालय सहयोगीले नगद पाँच हजार रुपियाँ जम्मा गरेका छन ।

Facebook Comments