२०७६,चैत्र ३०,
काभ्रे/

धुलिखेल अस्पतालमा हालसम्म दुई सय २५ जनाको स्वाब परीक्षण भएको छ ।

कोरोना भाइरस ९कोभिड– १९० को आशंकामा हालसम्म धुलिखेल अस्पतालमा स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी डा। सुमनराज ताम्राकारले जानकारी दिए । ‘धुलिखेल अस्पतालमा गत २३ चैतदेखि स्वाब परीक्षण सुरु भएदेखि अहिलेसम्म दुई सय २५ जनाको स्वाब परीक्षण भएको छ,’ ताम्राकारले भने, ‘उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

काभ्रेका २८ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ताम्राकारले बताए । काभ्रेमा विभिन्न देशबाट आएका र उच्च ज्वरो आएको व्यक्तिको स्वाब परीक्षण गरिएको थियो । त्यसैगरी दोलखा स्वास्थ्य कार्यालयले पठाएको स्वाबको परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको ताम्राकारले बताएका छन् ।

त्यस्तै, टेकु अस्पतालले परीक्षणका लागि पठाएको एक सय ९६ जनाको स्वाब धुलिखेल अस्पतालमा आएकोमा सबै रिपोर्ट नेगेटिभ आएको ताम्राकारको भनाइ छ । ती स्वाब सुदूपश्चिमका कोरोना आशंका गरिएको व्यक्तिहरूको रहेको उनले बताए । एक सय ९६ स्वाबमध्ये केही शनिबार नै रिपोर्ट आएको र केहीको आइतबार आएको हो ।

-नयाँ पत्रिकाबाट

Facebook Comments Box