२०७७,बैशाख १,
काभ्रे/

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन देशभरि लकडाउन भएपछि फूल बिक्री नभएपछि काभ्रेका किसानले निःशुल्क वितरण गरेका छन् । धुलिखेल नगरपालिका– ५ का किसान वीरेन्द्र श्रेष्ठले फूल बिक्री नभएकाले निःशुल्क वितरण गरेको बताए ।  

वसन्त ऋतु फूलकाे प्रमुख सिजन हाे । ‘लकडाउनले गर्दा फूल बेच्न पाइएकाे छैन,’ उनले भने, ‘फूल नष्ट गरेर मल बनाउनुभन्दा त स्थानीयलाई दिँदा कम्तीमा घरघरमा पूजा त हुन्छ ।’ 

फूल राेप्ने किसानले कमाउने वेलामा लकडाउन भएकाले  मारमा परेकाे गुनासाे गरे । श्रेष्ठले वैशाख महिनाभरि यस्तै रहे २० लाख रुपैयाँ घाटा हुने बताए । 

श्रेष्ठले धुलिखेलमा १६ वर्षदेखि फूल खेती गर्दै आएका छन् । उनको १५ रोपनी क्षेत्रफलमा फूलखेती फैलिएको छ । लकडाउनका कारण काभ्रेका पुष्प व्यवसायीलाई दैनिक तीन लाख रुपैयाँबराबर घाटा हुने गरेको छ । 

काभ्रेकाे साँगा, बनेपा, नाला, धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटमा व्यावसायिक फूलखेती हुँदै आएको छ ।

-नयाँ पत्रिकाबाट

Facebook Comments