रोशी सहकर्मी– कार्तिक ०५,
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सभाको प्रथम बार्षिक साधारण सभा काभ्रेको बनेपामा सम्पन्न भएको छ । सभाले रेडक्रस सोसाईटीले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक प्रतिवेदन र आर्थिक बर्ष २०७६/०७७ को प्रस्तावित कार्यक्रम तथा बजेट पास गरेको छ । सभाले आर्थिक बर्ष २०७६/०७७ को लागि तीन अर्ब ६६ करोड बजेट पास गरेको छ । गत आर्थिक बर्षमा गत आर्थिक बर्षमा केन्द्रीय कोषबाट चार अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो । सोही क्रममा रेडक्रस सम्बन्धी कानुनको ब्यवस्था गर्नको लागि सभाले नेपाल रेडक्रस केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुका साथै केन्द्रीय महाधिवेशन यथाशिघ्र गर्नको लागि आग्रह गरेको छ ।
बार्षिक सभारणसभा कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विधानसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नो आवश्यक्ता मुलुकको कानुन र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा रहेर रेडक्रसको कानुन बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ(IFRC) का नेपाल प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) का नेपाल प्रमुख आन्द्रे पाकेलेले आ–आफ्नो धारणा राख्नुभएको थियो । सभामा केन्द्रीय पदाधिकारीहरु, कार्यसमिति, रेडक्रस अन्तर्राष्ट्रिय महासंघ, अन्तर्राष्ट्रिय समिति, सात वटा नै प्रदेश र ७६ वटा जिल्ला शाखाबाट गरी ४० जना प्रतिनिधिहरु र रुकुम पूर्वको तदर्थ जिल्ला शाखा, संस्थाको अभिन्न अंगको रुपमा रहेको जुनियर युवाको गरी ७ जना पर्यवेक्षक उपस्थित रहेको आयोजकले जनाएको छ । सभामा महामन्त्री देवरत्न धाख्वाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments