रोशी सहकर्मी–बैशाख २,
२०७६,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा चैत्र महिनामा वैदेशिक रोजगारबाट आएका १३ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गर्दा कोरोना नेगेटिभ देखिएको छ ।

नगरपालिकामा फागुन ३० गते देखि यता विभिन्न देशबाट आएका २५ जना सम्पर्कमा छन् । उनिहरुमध्ये १३ जनाको परिक्षण आज (मंगलबार) गरिएको र बाँकि रहेका १२ जनालाई धुलिखेल अस्पतालमा परिक्षण गराईने तयारी भएको स्वास्थ्य शाखा प्रमुख राजु वोगटीले जानकारी दिए ।

बाँकि १२ जनालाई परिक्षण गर्नका निमित्त किट नपुग्ने भएपछि भोली (बुधबार) नगरपालिकाको एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगीने उनले जानकारी दिए ।

स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको मध्य ७ वटा किट बाँकि रहेको र सो किटलाई आकस्मिक प्रयोजनको लागि राखिने उनले जानकारी दिए ।

Facebook Comments