रोशी सहकर्मी–बैशाख ३,
२०७७,काभ्रे/

कोरोना आंशकामा चार जनालाई धुलिखेल सामुदायिक अस्पतालमा भर्ना गरिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार बेथानचोक गाउँपालिका वडा न ५, मण्डनदेउपुर नगरपालिका वडा न ३ का १/१ जना र रामेछाप स्थायी घर भई हाल बनेपा नगरपालिका अस्थायी बसोबास गर्ने दुई जना आइसोलेसन बार्डमा भर्ना भएका छन ।

काभ्रेका १३ वटै स्थानीय तहका २६३ जनाको आरडीटी परीक्षण भइसकेको जनाइएको छ ।

बेथानचोक र मण्डनदेउपुरका युवामा आरटीडी रिपोर्टमा पोजेटिभ आएपछि धुलिखेल अस्पताल राखिएकोमा उनीहरुको पिपिइको रिपोर्ट नआएको झाले जानकारी दिए ।

१११ जनाको स्वाव परीक्षण धुलिखेल अस्पतालमा भइरहेको भएपनि रिपोर्ट आइ नसकेको झा को भनाई छ । शुक्रराज ट्रपिकल अस्पतालमा आएका १०६ र धुलिखेल अस्पतालका ५ जनाको स्वाव परीक्षणका लागि लिइएको छ ।

Facebook Comments