रोशी सहकर्मी–बैशाख ३,
२०७७,काभ्रे/

काभ्रेको रोशी गाउँपालिकालाई बनेपाका युवा व्यवसायीहरूले १० थान पिपिइ र १ हजार माक्स सहयोग गरेका छन् । कोरोना भाइरसका कारण देश अहिले लकडाउनमा रहेको बेला जिल्लाको रोशी गाउँपालिकालाई पिपिई र माक्स सहयोग गरिएको व्यवसायीहरुले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले सहयोगी युवाहरूलाई धन्यवाद दिँदै अभावको समयमा यसरी सहयोग पाँउदा खुसी व्यक्त गरे ।
बजारमा मास्क, पिपिई जस्ता अत्यावश्यकिय सामग्रीहरुको अभाव भएको र सरकारले गर्नुपर्ने काम युवा व्यवसायीहरुले गरेकोमा निकै खुसी लागेको उनले बताए ।

सहयोग गर्नेहरुमा काभ्रेको बनेपामा रहेको दि मार्क फेब्रिक्सका सञ्चालक प्रदिप कुमार प्रजापति, मेरो टेलर्सका सञ्चालक सञ्जीव बिक्रम थापा र नेशनल वयर एण्ड युनिफर्म प्रालिका सञ्चालक सुजन सुन्दास रहेका छन् । उनिहरुले संयुक्त रुपमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

Facebook Comments