रोशी सहकर्मी–बैशाख ३,
२०७७,काभ्रे/

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजबाट पैदलयात्रीलाई समेत प्रवेश गर्न रोक लगाएपछि १८९ जना पैदल यात्री जताबाट आएका हुन त्यस तर्फ नै फर्काइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले काभ्रेको सिमाना साँगा र नेपालथोकबाट उनीहरु फकाईको छ । उनका अनुसार भक्तपुरबाट आएकालाई भक्तपुर तर्फ र सिन्धुलीबाट आएकालाई सिन्धुली तर्फ फकाईको छ ।

आज लडडाउन उल्लघंन गर्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । उनका अनुसार लकडाउन अटेर गरी आउने २८ सवारी साधन नियन्त्रणमा लिइएको छ । जसमा मोटरसाईकल २१ वटा, स्कुटी ४ वटा, कार १ र बोलेरो गाडी २ नियन्त्रणमा लिइएको छ ।

Facebook Comments