रोशी सहकर्मी–बैशाख ४,
२०७७,धुलिखेल/

विभिन्न मुलुकबाट स्वदेश आएका २५१ जना कै परीक्षण सकिएको छ । फागुन ३० गते यता विदेशबाट आए २५१ जना कै द्रुत परीक्षण मार्फत कोरोना भाइरस परीक्षण गरिएको थियो ।

विदेशबाट आएका कारण कोरोनाको त्रास बढेको गुनासो बढेपछि गृह मन्त्रालयले स्वास्थ्य कार्यालय मार्फत जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा मार्फत विदेशबाट आएकाको द्रुत परीक्षण गरेको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले विदेशबाट आएका २५१ जना कै परीक्षण सकिएको जानकारी दिनुभयो ।

विदेशबाट आएका सबैको परीक्षण सकिएको छ, रिपोर्टमा पनि कसैलाई पनि कोरोना देखिएको छैन । अर्थात रिपोर्ट नेगेटिभ आएको छ, भन्नुभयो । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत विदेशबाट आएकाको परीक्षण गरिएको थियो । जसमा दुई जनामा पोजेटिभ देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर बिधि मार्फत परीक्षण गर्दा नेगेटिभ आएसँगै २५१ जना मै कोरोना भाइरस नभएको पुष्टी भएो हो थियो ।

आज मात्र ६१ जनाको कोरोना संक्रमण परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको झाले जानकारी दिनुभयो ।

उच्च ज्वरो आएपछि दुई जनालाई धुलिखेल अस्पतालमको आइसोलेसन वार्डमा राखेर परीक्षण भइरहेको र उनीहरुको स्वाब परीक्षण गरिएपनि रिपोर्ट भने नआएको झाले जानकारी दिनुभयो ।

Facebook Comments Box