रोशी सहकर्मी–बैशाख ४,
२०७७,बनेपा/

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लक डाउनलाई कडाई गरेको जनाएपनि अटेर गरेर सवारी चलाउन अझै घटेका छैनन । प्रहरीले दैनिक लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिएर छाड्दै गएको भएपनि अटेर गर्ने भने दिनप्रतिदिन रहिनै रहेका छन ।

आज मात्र २३ सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख (एसपी) रविकुमार पौड्ेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल १९, साना सवारी साधन ३ र स्कुटर एक सहित २३ वटालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकालाई कारवाही गरेर छाडिएको एसपी पौडेलले जानकारी दिनुभयो । कोरोना सक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पदैल यात्रुलाई आवत जावत गर्ने समेत रोक लगाएको छ ।

Facebook Comments