रोशी सहकर्मी–बैशाख ५,
२०७७,खानीखोला/

जिल्लाको विकट खानीखोला गाउँपालिका वडा न ४ फुलडाँडामा माटोको ढिस्कोले पुरिदा चार जना घाईते भएका छन । घर पोत्ने माटो लिन गएका दुई बालिका र दुई युवती घाईते भएका हुन ।

खानी खोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले वडा न ४ निवासी २० बर्षीय यरिना गोले, २४ बर्षीय अरिना गोले, १२ बर्षीय सनिसा गोले र ९ बर्षीय एलिना गोले मोटोले पुरिएर घाईते भएको जानकारी दिनुभयो । तीन जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लैजान लागिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ बर्षीय एलिना गोले सामान्य रहेकाले तालढुङ्गा स्वास्थ्य चौकीमा उपचार गरिएको र अन्यलाई उपचारका लागि हेलिकप्टर मगाएका छौँ भन्नुभयो ।

गाउँपालिकाले घट्नास्थलबाट एम्बुलेन्समा ल्याएर स्वास्थ्य चौकी तालढुङ्गामा सामान्य उपचार गरिरहेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्याय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौडेलले घाईतेको उद्धारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments