रोशी सहकर्मी–बैशाख ५,
२०७६,धुलिखेल/

केहीदिन अघि काठमाडौं उपत्यकावाट काभ्रे जिल्ला भएर तराइ तथा मध्यपहाडी जिल्लामा आउने यात्रुहरुलाइ जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले काठमाडौं नै फर्काएको थियो ।

तर, बिहीबारदेखि काभ्रेमा भने दर्जनौ टिपरहरु बालुवा बोक्न थालेपनि जिल्ला प्रशासन कार्यालयले रोकेको छैन । काठमाडौमा निर्माण सामाग्री वालुबाको अभाव भएको भन्दै भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा टिपर आउन थालेपछि स्थानयि त्रसिद बनेका छन् ।

यसअघि सरकारले काठमाडौंमा दिउसो टिपर गुड्न रोकेको थियो । त्यो समयमा सडक विभागले अनावश्यक पास वितरण गरेर दैनिक तीन सय गाडी दिउँसो गुडाउने गरेको थियो भने अहिले पुन लकडाउनको समयमा सोही सडक विभागले आर्थिक चलखेलमा परेर टिपर गुडाउन थालेको छ । दिउसो र राती ३ सय भन्दा धेरै टिपर दोलालघाट आउन थालेको स्थानीयले बताए ।

भुम्लु गाउँपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठले राज्यकै नियम राज्यले तोड्न नपाउने बताईन । कसैको स्वार्थको लागि आफ्नो गाउँपालिका जोखिम मोल्न तयार नभएको बताईन ।

आफ्नो सिमानामा आएर जोखिम भएका व्यक्ति आउने र सामान लिएर जान नमिल्ने भएकाले आफूले तत्कालै जिल्लाको सुरक्षा निकाय र प्रदेश सरकारलाई समेत जानकारी गरेको श्रेष्ठले भनिन् । उनले जबरजस्ती गरेकोमा हुन सक्ने क्षती सडक विभागले व्यहोर्नुपर्ने बताईन । स्थानीयहरु त्रसिद भएकाले तत्काल टिपर रोक्नु पर्ने उनले बताइन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिनाले गृहमन्त्रालय तथा सडक विभागको निर्देशन अनुसार काम गरेको बताए । सुरक्षाको उपायउ अपनाउन उनले चालकहरुलाइ निर्देशन दिएको बताए ।

Facebook Comments