यश कुमार परियार–बैशाख ६,
२०७७,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले सडकमा अलपत्र परेको पैदल यात्रुलाई गाडिको व्यवस्था गरी उद्धार गरेको छ ।

नगरपालिकाले काठमाण्डौबाट हिडेर आएका विभिन्न स्थान पुग्ने १ सय ५० भन्दा बढि पैदल यात्रुहरुलाई नेपालथोक सम्म पुर्याएको बताएको छ ।
आज (शनिबार) बिहान भकुण्डे चोकमा जम्मा भएका सप्तरी, सीरहा, उदयपुर, सिन्धुली, घुर्मी लगायतका स्थानमा पुग्ने पैदलयात्रुलाई नगरपालिकाको गाडिबाट ३ पटक गरी पठाईएको सामाजिक परिचालक संयोजक श्याम प्रसाद खनालले जानकारी दिए ।

उनिहरुलाई नेपालथोक सम्म पुर्याइने र त्यहाँबाट सुनकोशी गाउँपालिकाले समन्वय गरी आफ्नो गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाले बताए । लकडाउनको समयमा सडकमा अलपत्र परेको पैदलयात्रुलाई उद्धार गर्न प्रधानमन्त्रीबाट निर्देशन जारी भए पस्चात उद्धार गरीएको उनले बताए ।

Facebook Comments